आईतवार पूर्वका ९ जिल्ला बन्द

सहयात्रा टिभी

तेह्रथुम । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले आइतबार गरेको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनुपर्ने माग राख्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको हो । परिषदले आह्वान गरेको बन्दका कारण पूर्वका ९ जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङमा यातायात तथा बजार पसल ठप्प रहेका छन् । एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक प्रयोजनका सवारी साधन भने सञ्चालनमा रहेका छन ।

विसं १८३१ साल साउन २२ गते लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै सो दिनलाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ । यसर्थ, साउन २२ गते अर्थात आजकै दिनलाई कालो दिनका रुपमा बन्द आह्वान गरी लिम्बुवान राज्य परिषद्ले बन्दको आह्वान गरेको हो ।

प्रकाशित : 6 August, 2017

प्रतिक्रिया दिनुहोस्