आज बिहान ६ बजेदेखि नेपालको पूर्वी नाका सिल

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०२, भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टाकालागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ। पश्चिम बङ्गालमा हुने भएको यही वैशाख ४ गते राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको बताईएको छ।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताउनुभयो ।

प्रकाशित : 15 April, 2021

प्रतिक्रिया दिनुहोस्