आजको विदेशी मुद्राको विनिमयदर
सहयात्रा टिभी
काठमाडौं । बैशाख ०५, आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तैगरी, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४३ पैसा रहेको छ ।