वैशाख १० देखि ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ०५, ‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) को नवौं संस्करण यही १० वैशाखदेखि १२ गतेसम्म जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुदैँ छ ।
उक्त महोत्सवमा नेपाल र अफ्रिकाको सिनेमा एवम् संस्कृतिको बारेमा एक दिने बहस समेत हुने आयोजकले बताएको छ ।
गत डिसेम्बरमा हुनुपर्ने यो महोत्सव कोभिड १९ कै कारण वैशाखमा आयोजना गर्न लागिएको हो । महोत्सव अध्यक्ष डा। मञ्जु मिश्रले नेपाल र अफ्रिकी महादीपलाई चलचित्रको माध्यमबाट सांस्कृतिक रुपमा जोड्न र आपसी साँस्कृतिक आदन प्रदानका लागि विगत नौ वर्षदेखि महोत्सव आयोजना गर्दै आएको जानकारी दिइन् ।
नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्र मध्यबाट महोत्सबको चलचित्र निर्णायक समुहले जम्मा १८ वटा लामा छोटा चलचित्र चयन गरेको छ । महोत्सबमा अफ्रिकी मुलुकबाट चयन भएका चलचित्रमा जिम्वावेबाट गुड म्यान, थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन् ।