विश्व च्याम्पियनको क्वाटरफाईनलमा नेपाली महिला बक्सर
सहयात्रा टिभी
काठमाडौं । बैशाख ०५, पोल्यान्डमा आयोजित आईबा युथ विश्व बक्सिङ च्याम्पियनसिपमा लिथुआनियाका खेलाडीलाई पराजित नेपाली बक्सर सुष्मा तामाङ क्वाटर फाईनलमा पुग्न सफल भएकि छिन।

उक्त प्रतियोगितामा भाग लिएकी अर्की नेपाली बक्सर सुमिना खड्का भने पराजित भएकी थिईन। पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासँग पराजित भएकी थिईन।
प्रतियोगितामा ५२ राष्ट्रका २ सय ७४ पुरुष र १ सय ४० महिला खेलाडीको सहभागिता रहेको छ।


