नासाको चन्द्रमामा विशाल टेलिस्कोप बनाउने योजना
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ०६, अमेरिकी स्पेश एजेन्सी नासाले चन्द्रमामा विशाल टेलिस्कोप जसको नाम लुनर क्रेटर रेडियो टेलिस्कोप ( LCRT) बनाउने योजना बनाइरहेको छ ।
उक्त टेलिस्कोपले एउटा ठूलो डिसको माध्यमले अन्तरिक्षबाट रेडियोवेभ रिसिभ गर्नेछ भने यसलाई इम्प्लिीफाइ गर्नेछ । यसलाई वैज्ञानिकले अध्ययन गर्नेछन् । चन्द्रमामा हुने यो टेलिस्कोपलाई पृथ्वीको दाँजोमा कम आवाज सुन्नुपर्नेछ ।
यो टेलिस्कोप Arecibo भन्दा तीन गुना चौडा हुनेछ । अनि चन्द्रमामा भएका कारण यसबाट ब्रम्हाण्डको राम्रो दृष्य देखिनेछ । यो टेलिस्कोपले हाम्रो सौर्यमण्डल बाहिर पहिलो पटक कुनै ग्रहको खोजी गरेको थियो । साथै, यसले शुक्र ग्रहको सतह पनि हेरेको थियो, अनि दुईवटा यस्तो ताराको खोजी गरेको थियो जसले अल्बर्ट आइन्सटाइनको जनरल रेलिटिभिटी थ्योरीलाई सही साबित गरेको थियो ।
टेलिस्कोप जडानका लागि अहिले टिमले केही क्रेटर्सको चयन गरेको छ । हालसम्मको योजनामा एउटा क्रेटरको किनारामा दुई ठूला ल्याण्डर उतारिनेछन् । एउटा ल्याण्डरमा जाल हुनेछ भने अर्कोमा रोवर्स । रोवरले तार बिछ्याउने काम गर्नेछ जसमाथि टेलिस्कोपको जाल बिछ्याइनेछ । रोबोटले १० दिनमा सो काम पूरा गर्नेछन् ।