केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकीकरण भएको ६ महिनामै राप्रपा विभाजित, पशुपति शम्शेर राणाको नेतृत्वमा नयाँ दल गठन

सहयात्रा टिभी

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । कमल थापा नेतृत्वको राप्रपा फुटेसँगै व्यवस्थापिका–संसद्मा राप्रपा प्रजातान्त्रिक नामको नयाँ दल दर्ता भएको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् । राप्रपा विभाजन गरेर राप्रपा प्रजातान्त्रिक दल दर्ता गराउने निवेदनमा २० जना सांसद्को हस्ताक्षरसहित सांसद् सुनीलबहादुर थापाको नेतृत्वमा नयाँ दल दर्ता भएको हो । दल दर्ताका लागि दिइएको निवेदनमा २० सांसदले हस्ताक्षर गरेको थापाले जानकारी दिए ।

राणाको नेतृत्वमा गठन गरिएको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ । नयाँ दलमा ३ निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा गएको स्रोतले बताएको छ । राणा नेतृत्वको नयाँ दलमा २२ सांसद गएसंगै कमल थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्रै हुनेछन् ।

निर्वाचन आयोग र संसद् सचिवालयको सूचना अनुसार २० जना सांसदले थापा नेतृत्वको राप्रपा छोडेर राणा नेतृत्वलाई समर्थन जनाएका हुन् ।

१, आनन्दी पन्त कञ्चनपुर
२,विराज विष्ट ललितपुर
३,सीता लुइटेल काठमाडौ
४,कमलादेवी शर्मा कास्की
५,धानो महरा सिराहा
६,राजेश्वरी देवी सर्लाही
७,रेशमबहादुर लामा काभ्रे
८,शयन्द्र वान्तवा मोरङ
९,दिपक बोहोरा रुपन्देही
१०,रमेश कुमार लामा सिन्धुपाल्चोक
११,सरोज शर्मा काठमाडौ
१२,सुनिलबहादुर थापा धनकुटा
१३,गीता सिंह बाँके
१४,रामकुमार सुब्बा सुनसरी
१५,लिलादेवी श्रेष्ठ इलाम
१६,बबिना मोक्तान पाँचथर
१७,इस्तियाक अहमद खान रुपन्देही
१८,विक्रम पाण्डे चितवन
१९,राज्यलक्ष्मी श्रेष्ठ नुवाकोट
२०,लक्ष्मी थापा पासवान धनुषा

पार्टी एकीकरण हुनुअघि थापा नेतृत्वको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंग पार्टी एकीकरण भएको ६ महिनामानै राप्रपा विभाजित भएको हो । थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको र एकलौटी रुपमा पार्टी केन्द्रीय समिति विस्तार गरेको भन्दै राणाले प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाउदै अन्ततः पार्टी फुटेको हो ।

प्रकाशित : 6 August, 2017

प्रतिक्रिया दिनुहोस्