धरहरामा टल्कियो गजुर (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०६, पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेपछि पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा गजुर स्थापना गरिएको छ ।

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भत्किएको धरहरा पुनर्निर्माणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते उद्घाटन गर्दै छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा साढे तीन सय मजदुरले काम गर्दै आएका छन् ।

२०औं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ भने २२औं तलामा भने पुरानै शिव लिंग स्थापना गरिनेछ । नयाँ धरहरामा दुईवटा लिफ्टको पनि व्यवस्था गरिएको छ जुन अपांगमैत्री हुनेछन् । पहिले सुर्की र इँटाबाट बनेको धरहरा अहिले गिट्टी बालुवा, सिमेन्ट र रडको प्रयोग गरी बनाइएको छ । पहिले हुलाक कार्यालय रहेको ठाउँमा अहिले पार्किङ क्षेत्र बनाइएको छ।

 

 

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्