चेन्नाईले कोलकातालाई १८ रनले पराजित गर्‍यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०९, आन्द्रे रसेल र प्याट कमिङ्सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे पनि कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिगमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा चेन्नाईले कोलकातालाई १८ रनले पराजित गर्‍यो । चार खेल खेल्दा तेस्रो हार व्यहोरेको कोलकाता २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

त्यसैगरी, मुम्बईस्थित वाङखडे स्टेडियममा चेन्नाईले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको कोलकताले १९।१ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्र बनायो । एक समय ३५ रन हुँदा ५ विकेट गुमाएको कोलकताका लागि आन्द्रे रसेल र दिनेश कार्तिकले ८१ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । रसेलले २२ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५४ रन बनाएर आउट भए ।

दिनेश कार्तिकले २४ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ४० रन जोडे । आठौं नम्बरमा ब्याटिङ गरेका कमिङ्सले ३४ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा अविजित ६६ रन जोडे । चेन्नाईका लागि ओपनर फाप डु प्लेसिसले अविजित रहँदै ९५ रन बनाए । उनले ६० बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर रुतुराज गायकवाडले ४२ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ६४ रन जोडे ।

 

प्रकाशित : 22 April, 2021

प्रतिक्रिया दिनुहोस्