केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर महानगरको मेयरको पहिलो निर्णय, भरतपुरका सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट निःशुल्क

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले आइतबार बेलुका पदभार ग्रहण गरेकी छन् । मेयरको पदभार ग्रहण गर्दैगर्दा उनले आफ्नो पहिलो निर्णयस्वरुप भरतपुरका सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेकी छन् ।

दाहालले भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि आउने महिला र ६० वर्ष नाघेका पुरुषको टिकट निःशुल्क गर्ने बताएकी छन् । भरतपुर अस्पतालमा गएको आ. व. मा १ लाख ५५ हजार बिरामीले बहिरंग सेवा लिएका थिए भने ती मध्ये ५५ प्रतिशत महिला र ज्येष्ठ नागरिक रहेको अस्पताल विकास समितिले जनाएको छ । यसर्थ, सो उपचार खर्चका लागि वार्षिक हाराहारी ४१ लाख रुपैयाँ लाग्ने देखिन्छ ।

त्यस्तै ६० वर्ष मुनिका महिलालाई बहिरंग टिकट शुल्क ३० रुपैयाँ लाग्छ भने ज्येष्ठ नागरिकलाई १५ रुपैयाँ लाग्छ । दाहालले पहिलो सदर गरेको निर्णयमा बिरामीको संख्या बढ्न सक्ने भन्दै वार्षिक ५९ लाख ४० हजार रुपैयाँ खर्चको अनुमोदन गरिएको जनाएकी छन् । दाहालले महिलाको स्वास्थ्यका समस्या आफूले बुझेको र आफ्नो पहिलो प्राथमिकता महिलालाई उपचारको पहुँचमा ल्याउनु रहेकाले बहिरंग टिकट निःशुल्क गरिएको बताएकी हुन् ।

प्रकाशित : 7 August, 2017

प्रतिक्रिया दिनुहोस्