अमेजनद्धारा पहिलो हाइटेक हेयर सैलून सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, अमेजनद्धारा पहिलो हाइटेक हेयर सैलून लन्च गरीदै छ, जून अनलाइन खुद्रा विक्रेताले सौन्दर्य क्षेत्रमा एक आश्चर्य जनक कदम चाल्नेछ।

अमेजनका स्टाफहरुलाई सैलुनले पहिला सेवा दिनेछ भने, यो ‘आउँदो हप्ताहरूमा’ सर्वसाधारणको लागि खोलिनेछ।

पूर्वी लन्डनको स्पाइटलफील्डमा रहेको सैलुनमा उपचारहरू अघि अग्मेन्टेड रियालिटी मिररबाट ग्राहकलाई बिभिन्न रंग र शैलीहरू देखाउनेछ। परम्परागत सेवाहरू कपाल काट्ने, ब्लो–ड्राईज र रंग उपचारसहित उपलब्ध हुनेछ।

यसमा लन्डनमा रहेको स्वतन्त्र सैलून नेभिल हेयर एण्ड व्यूटीद्वारा स्टाफहरु राखिनेछ भने उक्त सैलूनमा ग्राहकहरूले हेयर प्रडक्टहरूका लागि क्यूआर कोडहरूबाट स्क्यान गर्न र अमेजन मार्फत खरीद गर्न सक्षम हुनेछन्।

स्रोत : बीबीसी

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्