सुनको मूल्यमा सामान्य गीरावट

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गीरावट भएको छ ।

बुधबार प्रति तोला ९२ हजार रुपैयाँ र बिहिबार थप २०० रुपैयाँ वृद्धि भएको सुनको मूल्य आज भने प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापा वाला सुन प्रति तोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बिहिबार प्रति तोला एक हजार ३३५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्यमा शुक्रबार थोरै घटेर एक हजार ३२० मा कारोबार भएको छ ।

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्