क्यानडाले भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा ३० दिनका लागि लगायो प्रतिबन्ध

सहयात्रा टिभी

काठमाडौं । बैशाख १०, क्यानडाद्धारा भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा ३० दिनका लागि प्रतिबन्धको घोषणा गरीएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय बढ्दै गएपछि क्यानडाका यातायात मन्त्री ओमर अल्घाब्राले यी दुई मुलुकमा यात्रुवाहक उडानमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

उक्त निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । विशेषगरी खोप, पीपीई र अन्य आवश्यक सामग्रीको आपूर्ति सहज गराउन मालवाहक विमानको उडान नरोकिने उनको भनाइ छ ।क्यानडामा १० लाखभन्दा तथा पाकिस्तानी १ लाखभन्दा धेरै भारतीय मूलका मानिसहरु बस्छन् ।

एजेन्सीहरुको सहयतामा

 

 

 

प्रकाशित : 23 April, 2021

प्रतिक्रिया दिनुहोस्