इराकको अस्पतालमा अक्सिजन सिलिन्डर पड्केर आगलागी हुँदा २३ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १२, इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्पतालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ।
उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरू सामानमा आगो तत्कालै सल्किएको थियो।
आगलागी हुँदा अस्पतालमा कोभिड–१९ का गम्भीर बिरामी ३० जनालाई राखिएको थियो। अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो। कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो।अस्पतालबाट १२० जना बिरामी र उनीका आफन्तमध्ये ९० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ।