कसले जित्ला त यसपटकको ओस्कार ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, ‘नोम्याडल्यान्ड’, ‘द फादरु’, ‘म्यांक’, ‘प्रमिसिङ योङ वुमन’, ‘द ट्रायल अफ सिकागो सेभेन’ अप्रिल २५ मा हुने ओस्कार अवार्डको सबैभन्दा धेरै विधामा मनोनित हुने फिल्महरु रहेका छन् ।

एकेडेमीले हालै मात्र २३ विधामा मनोनयन सूची सार्वजनिक गरेको छ भने गत वर्ष प्यारासाइटले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।हलिउड रिपोर्टर अनुसार स्कट फिन्वर्ग(अवार्ड विशेषज्ञ) र डेभिड रुनी(फिल्म समीक्षक)ले गरेका अनुमान यस्तो रहेको छ :

उत्कृष्ट फिल्म:

ओस्कारमा उत्कृष्ट फिल्मको अवार्ड यस वर्ष जित्ने दाबेदार फिल्म हो ‘नोम्याडल्यान्ड’ । फिल्ममा अमेरिकाको महामन्दीमा आफ्नो सबै कुरा गुमाएकी ६० वर्षीया महिलाले भ्यान ड्वेलिङमा कसरी यात्रा गर्छिन् भन्ने देखाइएको छ । यही विधामा ‘मिनारी’ले पनि अवार्ड जित्न सक्ने प्रवल सम्भावना रहेको छ । यो विधामा ‘नोम्याडल्यान्ड’सँगै ‘द फादर’, ‘जुडस एण्ड द ब्ल्याक मसाया’, ‘म्यांक’, ‘मिनारी’, ‘प्रमिसिङ योङ वुमन’, ‘साउन्ड अफ मेटल’, ‘द ट्रायल अफ सिकागो सेभेन’ मनोनित छन् ।

उत्कृष्ट निर्देशक:

यो विधामा थमस भिन्टरवर्ग (एनोदर राउन्ड), डेभिड फिन्चर (म्यांक), ली आइज्याक चङ (मिनारी), क्लोई चाउ (नोम्याडल्यान्ड), एमेरेल्ड फिनाल (प्रमिसिङ यङ वुमन) मनोनित छन् । यो वर्ष महिलाहरुले दिएको उत्कृष्ट कामहरुमध्ये धेरैले क्लोईको कामलाई नै विशेष मान्दै आएका छन् ।

एनिमेटेड फिचर फिल्म : सोल

सिनेम्याटोग्राफी : नोम्याडल्यान्ड

कस्ट्युम डिजाइन : मा रेनिज ब्ल्याक बटम

फिल्म सम्पादन : द ट्रायल अफ द सिकागो सेभेन

प्रोडक्सन डिजाइन : म्यांक

मेकअप एण्ड हेयर स्टाइलिङ : मा रेनिज ब्ल्याक बटम

संगीत : सोल

गीत : ईयो सी (सीन) (द लाइफ अहेड)

ध्वनी : साउन्ड अफ मेटल

भिजुअल इफेक्ट्स : टेनेट

सर्ट फिल्म (एनिमेटेड) : इफ एनिथिङ ह्यापेन्स आइ लभ यु

सर्ट फिल्म (लाइभ एक्सन) : द टु डिस्टेन्ट स्ट्रेन्जर्स

प्रकाशित : 25 April, 2021

प्रतिक्रिया दिनुहोस्