हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेसन बसेका हाल अस्पताल भर्ना भएका छन्।

छातीमा सामान्य समस्या देखिएपछि उनलाई शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरीएको थियो ।

चिकित्सकको सल्लाह बमोजिम उनको अस्पतालमै उपचार भइरहेको अस्पतालले बताएको छ। श्रेष्ठले संक्रमण पुष्टि भएपछि वैशाख ६ गते फेसबुकमार्फत आफूलगायत परिवारका सदस्यहरु छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेको जनकारी गराएका थिए।

 

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्