महिनावारीको समयमा पेट दुखाई कम गर्न दही सेवन गर्नुहोस्
सहयात्रा टिभी
काठमाडौं । बैशाख १३, अधिकाशं महिलालाई महिनावारीको समयमा सामान्य पेट दुखाई हुने गर्दछ तर कसै कसैलाई महिनावारीका बेला अत्याधिक पेट दुख्ने गर्दछ । जसले गर्दा नियमित कामकाज गर्न पनि गार्हो हुन्छ ।
एक अध्ययनका अनुसार महिनावारीका बेला हुने पेटको दुखाईमा नियन्त्रण पाउन दही सेवन उपयुक्त हुने देखिएको छ । सो पीडामा महिलाले दैनिक २ कप दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम हुने देखिएको बताईएको छ ।
त्यसैगरी, दहीमा क्याल्सियम तथा अन्य खनिज पदार्थ पाइन्छ । जसले हर्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्दछ ।