पूर्वरानी कोमल शाह आइसियूमा

काठमाडौं । बैशाख १६, कोरोनाबाट संक्रमित पूर्वरानी कोमल शाहलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको छ ।
अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ भने बाँकी स्वास्थ्य समस्या नदेखिएको अस्पतालले जनाएको छ । कोमलसँगै भर्ना भएका ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।