अहिलेसम्मकै उच्च संक्रमण र मृत्यु दर

सहयात्रा टिभी

काठमाडौं । बशाख १७, कोरोना भाईरसले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बिहीबार दैनिक संक्रमण दरसमेत हालसम्मकै बढी पुगेको जानकारी दिए । तयस्तै पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ९७ नमुनाको पीसीआर परीक्षण गर्दा ३८.३५ प्रतिशत अर्थात् ४ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको बताईएको छ ।

देशामा सक्रिय संक्रमितको संख्या हरेक दिन एक–डेढ प्रतिशतले वृद्धि भइरहेको छ । मुलुकभरिमा ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित छन् जुन कुल संक्रमितको १०.७४ प्रतिशत हो । ‘दिनमा एक–डेढ प्रतिशतका दरले सक्रिय संक्रमितको वृद्धि संक्रमण विस्तारको एकदमै द्रुत गति हो,’ डा. अधिकारीले भने, ‘यो खतरनाक अवस्था हो । सक्रिय संक्रमित वृद्धिदर भारतभन्दा नेपालमा तीव्र देखिएको छ ।’

 

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्