भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकारको निधन

काठमाडौं । बैशाख १७, भारतीय सञ्चार माध्यम ‘आजतक’ का पत्रकार ४१ वर्षीय रोहित शरदानाको हृदयाघातका कारण शुक्रबार मृत्यु भएको छ।
बिहीबार राति उनलाई असहज महसुस भई उनी नोयडा अस्पतालमा भर्ना भएका थिए। केही दिनअघि मात्र उनलाई कोभिड संक्रमण पुष्टि भएको थियो तर संक्रमणमुक्त भई कार्यालयमा हौसला प्रदान गरिरहेको आजतकले उल्लेख गरेको छ ।