माग्ने बुढाको समुह मिलेर सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा सुरु
काठमाडौंं । बैशाख १९, कोरोना संक्रमितको बढ्दो चापका कारण हाल अस्पताल भरिएको मात्र होइन एम्बुलेन्स पनि पाउन मुस्किल पर्न थालेका छन् । यस्तो अवस्थामा सर्वसाधारणको सेवाका लागि कलाकारहरुको एक समुहले अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।
अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आइजिपी नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायतले मिलेर सो एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।
यो सेवा हाल उपत्यकामा मात्र रहेको छ । एम्बुलेन्समा नर्स तथा अक्सिजनलगायत सेवा समेत उपलब्ध हुने तथा पीडितले जुन अस्पताल भन्यो त्यो अस्पतालमा पुर्याउने केदार प्रसाद घिमिरेले बताए। साथै साथीहरुसँग १५/१५ हजार उठाएर कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा सुरु गरेको घिमिरेको भनाई रहेको छ ।