श्रीलङ्कामा बिमानले ७५ भन्दा बढी यात्रु बोक्न नपाईने

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०, श्रीलंकाले बढ्दो कोरोनाभाइरसको महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न नपाईने श्रीलंकाली हवाई उड्डयन प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८०० जनामा कोरोना पुष्टि भएको छ । यो सहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ ।

प्रकाशित : 3 May, 2021

प्रतिक्रिया दिनुहोस्