केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल सुपर लिगअन्तर्गत विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा

सहयात्रा टिभी

काठमाडौं । बैशाख २१, नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा विराटनगर जीत हासिल गर्दै सिटी एफसी लिगको शीर्षस्थानमा पुग्न सफल भएको छ । विराटनगरले चितवन एफसीलाई २–० गोलले पराजित गरेको हो ।

त्यसैगरी, खेलको २३औँ मिनेटमा विराटनगरका सुनिल बलको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो भने खेलको ३६औँ मिनेटमा विदेशी खेलाडी एडेलाजाले पाएको मौकाको सदुपयोग गर्नु सकेनन् ।

यसैगरी, पहिलो हाफको अन्तिम समयमा विराटनगरका नीरकुमार राईको प्रयास पनि खेर गयो । मध्यान्तरपछिको खेलको ५८औँ मिनेटमा विराटनगरका सन्तोष तामाङले गरेको प्रहार चितवनका गोलकिपर विशाल सुनारले रोक्नुभयो । । खेलको ८९औँ मिनेटमा विराटनगरका लागि सन्तोष तामाङले दोस्रो गोल गरे ।

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्