माइक्रोसफ्टका संस्थापक बिल गेट्सको डिभोर्स
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २१, माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको डिभोर्स भएको छ ।
त्यस्तै, बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि यस्तो निर्णय लिइएको जनाएका छन् । ‘पछिल्ला २७ वर्षमा हामीले तीन बच्चालाई हुर्काएका छौं । हामीले एउटा परोपकारी फाउन्डेशन पनि बनाएका छौं, जसले विश्वभरका मानिसको स्वास्थ र राम्रो जीवनका लागि काम गर्छ । यस मिसनमा हाम्रो अहिले पनि एकै सोच छ र मिलेर काम गर्नेछौं । यद्यपी, हामीलाई आगामी समय पती–पत्नीका रुपमा बिताउन सक्छौँ जस्तो लागेको छैन । त्यसैले आफ्नो जीवनको नयाँ सुरुवात गर्न जाँदैछौं ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
बिल गेट्स र मेलिन्डाको सन् १९९४ मा विवाह भएको थियो । विश्वकै धनी व्यक्तिमध्येका एक बिल गेट्स आफ्नो समाजसेवाका लागि पनि प्रख्यात छन् ।