नायक पल शाह अक्सिन सिलिण्डरको अभाव कम गर्न अभियान सुरू गर्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २१, नेपाली फिल्मका अभिनेता पल शाहले अक्सिन सिलिण्डरको अभाव कम गर्नका लागि अभियान सुरू गर्ने बताएका छन्।
त्यस्तै, अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २–३ दिनभित्रै सहयोग गरिने शाहले बताए। अस्पतालहरूसँग समन्वय गरेर अक्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ रहेको छ।
‘अक्सिजन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोग गर्ने हो। हामी अक्सिजन सिलिण्डर जम्मा गर्दैछौं। अहिले अक्सिजनत पाइएको छ तर सिलिण्डर पाइएको छैन,’ उनले भने, ‘हामीले थन्किएका सिलिण्डर जम्मा गर्ने अनि किन्ने पनि योजना बनाएका छौं। केही साथीहरू र विभिन्न संघ(संस्थासँग मिलेर पैसा जम्मा गर्छौं अनि किन्ने हो।’