आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु

सहयात्रा टिभी

हुम्ला । बैशाख २२, हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मृत्युहुने सञ्जिबा बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ ।

उनलाई गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन् । केही स्थानीयवासीले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन् भन्दै प्रहरीले शङ्कास्पदरूपमा लिएको छ । मृतक बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ ।

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्