अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुने

काठमाडौं । बैशाख २३, आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुने भएको छ।
दोस्रो चरणको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आज राति १२ बजेदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो।
त्यस्तै, आन्तरिक उडान भने बैशाख २१ गते राति देखि नै रोकिएका छन् भने अत्यावश्यक पर्दा आन्तरिक तथा बाह्य चार्टर उडान हुने भएको छ। आन्तरिकतर्फ दुई जहाज कम्पनी तथा १० हेलिकप्टर कम्पनीले ४१ उद्धार उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ।