बिल गेट्ससँगको सम्बन्ध विच्छेदपछि मेलिन्डाले प्राप्त गरीन २.४ अर्ब डलरको शेयर

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, माइक्रोसफ्टका संस्थापक बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद भएपछि बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २ दशमलव ४ अर्ब डलर बराबरको शेयर हस्तान्तरण गरेका छन् ।

आफ्नो नाममा शेयर हस्तान्तरणसँगै मेलिन्डा दुई मेक्सिकन कम्पनी बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो शेयरहोल्डर बनेको बताइएको छ ।

गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको केही शेयर पनि मेलिन्डालाई हस्तान्तरण गरेको जनाइएको छ ।

गेट्ससँग १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ । यसअघि, अर्का अर्बपति अमेजनका मालिक जेफ बेजोस दम्पत्तिको पनि सम्बन्ध विच्छेद भएको थियो ।

 

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्