राजेश हमाल र करिश्मा मानन्धरको ‘हल्काहल्का लजाएर’ गीतको भिडियो सार्वजनिक
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २४, गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको स्वर रहेको गीत ‘हल्काहल्का लजाएर’ सार्वजनिक भएको छ ।
चन्द्र प्रसाईंको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् भने गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् ।
त्यस्तै राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।