‘मिस यूनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्मा ‘मिस यूनिभर्स’मा सहभागी हुन अमेरिका पुगिन्
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २४, ‘मिस यूनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्मा मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एण्ड क्यासिनो हलिउडमा आयोजना हुँने ‘मिस यूनिभर्स’को ६९ औं संकरणमा सहभागी हुन लागि अमेरिका पुगीसकेकी छिन् ।
उनीसँगै मिस यूनिभर्स नेपाल कार्यक्रमकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् ।
विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ जनाले ताजका लागि प्रतिस्पर्धा गर्नेछन् । विश्वकै प्रसिद्ध ‘मिस युनिभर्स’को फ्रेन्चाइज नेपालमा भित्राएकी नग्माले सन् २०१७ को मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्दै पहिलोपटक सहभागिता जनाएकी थिइन् ।
अंशिकाले देशको प्रतिनिधित्व गर्न पाउँदा आफू उत्साहित रहेको नग्माले बताएकी छिन् । उनले आफू र आफ्नो टिमले सक्दो प्रयास गरेको पनि बताएकी छिन् ।