बाढीले पुल बगायो, स्थानीयलाई आवत जावतमा समस्या

सहयात्रा टिभी

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको वडा नम्बर ८ र ९ का बासिन्दाहरु आवातजावात गर्ने पुल बाढीले बगाएको छ । सो पुलमा बाढीले क्षति पुर्‍याएपछि त्यहांका स्थानियलाई आवतजावतमा समस्या भएको छ ।

बाढीका कारण पुलमा क्षति पुगेपछि बेबरी र जमरानीका सर्वसाधरण एवं विद्यालय जाने विधार्थीलाई आवतजावतमा समस्या भएको छ । जमरानी, बेबरी नजिकै रहेको पुलका तरजाली बगाएपछि खतरा मोलेर यात्रा गर्नुपरेको स्थानीयले बताएका छन् ।

प्रकाशित : 10 August, 2017

प्रतिक्रिया दिनुहोस्