अक्सिजन लोड गर्न ढिलाई हुँदा ११ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बैशाख २८, भारतको आन्ध्र प्रदेशको तिरुपति स्थित एक सरकारी अस्पतालको आइसियूमा उपचारत कोरोना संक्रमितको अक्सिजन लोड गर्न ढिलाइ हुृँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
त्यस्तै अस्पताल श्रोतले अक्सिजन लोड गर्न पाँच मिनेट ढिला हुदाँ कोरोना संक्रमितको मृत्यु भएको स्वीकार्दै मृतकका परिवारजन संग माफी मागेका छन् । अस्पतालको लापरवाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तजनहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । भारत सरकारले कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेको भन्दै उनीहरुले भारत सरकार बिरुद्ध चर्को नारा लगाएका छन् ।