भारतको गोवास्थित एक अस्पतालमा उपचारत २६ जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बेशाख २९, भारतको गोवास्थित एक सरकारी अस्पतालमा अक्सिजन अभावका कारण २६ जनाको मृत्यु भएको बताईएको छ ।
त्यस्तै गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले केहीबेर अक्सिजन आपूर्ति रोकिँदा गोवा मेडिकल कलेजमा उपचाररत बिरामीहरुको मृत्यु भएको समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।
यसैगरी स्वास्थ्यमन्त्री विश्वजीत राणेले मंगलबार बिहान २ बजेदेखि ६ बजेबीचको अन्तरालमा २६ जना बिरामीको मृत्यु भएको बताएका छन् । अक्सिजन आपूर्तिसँग सम्बन्धित विषयमा एक श्वेतपत्र जारी गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ रहेको छ ।