के तपाइलाई थाहा छ दुनियाँकै महँगो रगत भएको जीव कुन हो ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, मानिस तथा संसारमा रहेका धेरै जीवजन्तुहरुको रगत रातो हुन्छ ।

तथापि, संसारमा एउटा यस्तो जीव छ, जसको रगत नीलो रङको मात्र छैन लाखौँ रुपैयाँमा बिक्री हुने निकै बहुमूल्य पनि छ ।

हर्स शू क्रयाब अर्थात् घोडतापे गँगटो भनिने उक्त जीव पृथ्वीमा रहेका पुराना जीवहरु मध्येको एक हो । वैज्ञानिकहरुका अनुसार यो जीव पृथ्वीमा डाइनोसर भन्दा पनि अघिको समयदेखि अस्तित्वमा थियो भने यो जीवले अहिलेसम्म लाखौँ मानिसहरुको जीवन बचाइसकेको छ ।

त्यस्तै सन् १९७० देखि यो जीवको रगतको प्रयोग चिकित्सा उपकरण तथा औषधिहरुमा जीवाणु संक्रमण भए नभएको पत्ता लगाउनका लागि गरिँदै आएको छ ।

यो गँगटोको रगतको प्रयोग मानिसको शरीरभित्र प्रयोग गरिने उपकरणमा रहेका प्रदूषणको जाँचमा प्रयोग हुन्छ ।

यो जीवको रगतमा तामा अर्थात् कपर तत्व हुने हुनाले नीलो रङको हुन्छ । जबकि, मानिसको रगतमा फलाम हुने हुनाले रातो रङ हुन्छ । साथै उक्त गँगटोको रगतमा एउटा विशेष रसायन हुन्छ ।

यसको एक लिटर रगतको मूल्य झण्डै १८ लाख रुपैयाँ पर्दछ । यो गँगटोको वैज्ञानिक नाम लिमुलस पोलीफेमस हो । हरेक वर्ष रगतका लागि ५ लाख गँगटा मार्ने गरिएको छ ।

 

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्