एक डालो गोलभेडाका कारण भएको झगडा, २० जनाको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । जेठ २, अफिकाको नाइजेरियामा गोलभेडाको एउटा टोकरीका कारण भएको झगडाले हिंसात्मकरुप लिँदा २० जनाको मृत्यु भएको छ ।
गत महिना एकजना व्यक्ति टोकरीमा गोलभेडा लगेर दक्षिण–पश्चिम सहर इबादानको बजारमा गइरहेको बेला दुर्घटना हुँदा गोलभेडा सडकमा खसेपछि घटना घटेको थियो ।
विवादले उग्ररुप लिएपछि एकजना कामदारको मृत्यु भएको थियो । लगत्तै उक्त कामदारको समुदायले गोलभेडा बोकेका मानिसका समुदायसँग विवाद शुरु गरे । तनाव यति चुलियो कि उक्त घटनाको ४ घण्टाभित्रै देशको उत्तरका मुसलमान र दक्षिणका क्रिश्चियन बाँडिए । कैयन क्षेत्रमा मारपीट र पसल जलाउने घटना शुरु भए । उक्त हिंसामा अहिलेसम्म २० जनाको मृत्यु भइसकेको ।