भारतमा अक्सिजनको निर्भरता घटाउने दाबी गर्दै कोभिड–१९ को नयाँ औषधी प्रयोग

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, भारतका रक्षा मन्त्री राजनाथ सिंहले आज सोमबार देखी त्यहाँ २–डिजी नामक औषधि कोरोनाका सङ्क्रमितको लागि प्रयोग गर्ने बताएका छन्।

सो औषधि भारतको रक्षा अनुसन्धान र विकास सङ्गठन (डिआरडिओ) द्धारा बनाइएको हो, जुन आपतकालीन प्रयोगको लागि औषधि नियन्त्रण नियन्त्रक भारतद्वारा अनुमोदित भएको बताईएको थियो। २–डीजी औषधिले कोभिड १९ का बिरामीको अक्सिजनमा निर्भरता कम गर्दछ।

के हो २–डिजी ?
यो औषधिको नाम २ डक्सी–डी–ग्लूकोज हो जसलाई छोटोमा २–डिजी पनि भनिन्छ। २ डक्सी–डी–ग्लूकोज औषधि रक्षा अनुसन्धान र विकास सङ्गठन न्यूक्लियर मेडिसिन एन्ड एलाइड साइंसेजको हैदराबादमा डा. रेड्डी ल्याबको सहयोगमा तयार पारिएको हो।

औषधीले कसरी काम गर्दछ ?
बीबीसीसंग डा. चन्दना भन्छिन्, ‘यस औषधिको विशेषता यो हो कि यदि भाइरसले शरीरमा अन्य कोषहरू सङ्क्रमित गरिरहेको छ भने, यो पत्ता लगाइन्छ र औषधी केवल ती भाइरसहरूमा जान्छ जुन सङ्क्रमणको कारण हो।

यो औषधि शरीरको अन्य भागहरूमा ग्लुकोज जस्तै गरी जान्छ। त्यसपछि सङ्क्रमित कोशिका भित्रको ऊर्जा कम हुन्छ, जसको कारण सङ्क्रमण फैलँदैन वा बढ्दैन र बिरामीलाई अक्सिजनको थप आवश्यकता पर्दैन।’

औषधि कसले प्रयोग गर्न मिल्छ ?
त्यस्ता बिरामीहरू, जो अक्सिजनको कमीका कारण अस्पताल वा अन्य केयर युनिटमा भर्ना भएका हुन्छन् उनीहरुले मात्र प्रयोग गर्न मिल्ने डा. चन्दनाको भनाई रहेको छ । एजेन्सीहरुको साथमा ।

 

प्रकाशित : 17 May, 2021

प्रतिक्रिया दिनुहोस्