मिस नेपाल नर्थ अमेरिका सुन्दरी २०२१ दर्ता शुरु, शृंखला खतिवडा प्रशिक्षक रहने

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, गत बर्ष २०२० मा कोरोना महामारीको कारण आयोजना हुन नसकेको मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी २०२१) प्रतियोगिता न्यूयोर्कमा यहि अगस्त १४, २०२१ शनिबारका दिन आयोजना हुदैंछ ।

उक्त प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्ने छन् भने दर्ता गर्ने अन्तिम समय जुन १५, २०२१ राखिएको बताईएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१/२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड–२०१८ कि (पूर्व नेपाल सुन्दरी)शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने भएकी छिन ।

 

 

 

 

प्रकाशित : 18 May, 2021

प्रतिक्रिया दिनुहोस्