बागलुङमा थप दुई जना संक्रमितको मृत्यु

बागलुङ । जेठ ४, बागलुङको धौलागिरि अस्पतालमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै बडीगाड गाउँपालिका–४ की ७७ वर्षीया महिला र काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । दुवै जना अस्पतालको आईसीयूमा उपचाररत थिए । मंगलबार थपिएका दुईसहित बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
मंगलबारै बागलुङमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ५० पुगेको छ । थपिएका मध्ये तमानखोला गाउँपालिकामा ३३, जैमिनी नगरपालिकामा ३०, काठेखोला गाउँपालिकामा १३, बागलुङ नगरपालिकामा ३८ र धौलागिरि अस्पतालमा गरिएको परीक्षणमा ३३ जना रहेको घिमिरेले बताए ।