रुघाखोकीबाट बच्ने यस्ता छन् घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । जेठ ६, मौसम परिवर्तनसँगै रुघाखोकी देखा पर्छ । थुप्रै मानिस हरेक वर्ष एक दुईपटक रुघाखोकीको प्रकोपमा पर्छन् । दुई सयभन्दा बढी प्रकारका भाइरसबाट हुने यो रोगलाई सामान्य रोग मानिए पनि यसले निकै सताउँछ, आक्रान्त बनाउँछ । रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ ।

रुघाको उपचार:

  1. रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने ।
  2. बिहान बेलुकी मनतातो पानीमा खुट्टा डुबाएर ५, १० मिनेट राख्ने ।
  3. सुत्ने बेलामा पैतलामा तोरीको तेलले मालिस गर्ने ।
  4. अदुवाको रस आधा चम्चा, तुलसी पत्रको रस आधा चम्चा र एक चम्मा महसँग मिसाएर दिनको तीन पटक सेवन गर्ने ।
  5. अदुवा र बेसार हालेर पकाएको पानीले बिहान, दिउँसो र बेलुकी दिनको तीन पटक कुल्ला गर्ने ।
  6. एक हातको बूढीऔंलाले अर्को हातका सबै औंलाको टुप्पोलाई दसपटक पालैपालो अँठ्याउने छोड्ने गरेर अक्युप्रेसर उपचार गर्ने ।
  7. दुवै आँखा बन्द गर्ने र नाकद्वारा तीन पटक लामो र गहिरो सास लिने र मुखबाट बिस्तारै बाहिर फ्याक्ने ।
  8. गहन आरामको अनुभव गर्ने । कल्पना गर्ने कि वरिपरिको वातावरण शान्त, मनोरम र घमाइलो छ । सूर्यको चम्किलो किरणले न्यानो महसुस भएको छ ।

के नगर्ने:

  1. बैगुन, गाँजर, लौका, फर्सी, आलु, दही, अचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने ।
  2. चिसो, धुवाँ र धुलोबाट बच्ने ।
  3. तातोपानी प्रयोग गर्ने ।
  4. नुहाउनु परेमा तोरी वा तिलको तेलले सम्पूर्ण शरीर मालिस गर्ने र मनतातो पानीले नुहाउने ।
  5. सफा, सुकिलो र जाडोमा न्यानो कपडा लगाउने ।

रुघाको रोकथाम:

  1. रुघाबाट बच्न रुघा लागेका व्यक्तिको नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन ।
  2. बस्नै परे मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ ।
  3. रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नु हुँदैन ।
  4. अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुनसक्छ ।
  5. भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

 

 

 

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्