ताराको शब्द तथा राजेशको आवाजमा ‘आधा लैजाऊ तिमी माया’ (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ ६, साहित्यकार तारा लिम्बू पछिल्ला दिनमा साहित्य सिर्जनामा ब्यस्त छिन् ।

हरेक साता विभिन्न सञ्चारमाध्यममा नयाँ–नयाँ आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आइरहेकी साहित्यकार ताराको नयाँ गीत ‘आधा लैजाऊ तिमी, माया’को भिडियो सार्वजनिक भएको छ ।

साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराको नयाँ गीतमा लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको छ । गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन ।

भिडियो :

प्रकाशित : 20 May, 2021

प्रतिक्रिया दिनुहोस्