होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु

सल्यान । जेठ ७, सल्यानको कपूरकोट गाउँपालिका–३ मा होम आइसोलेसनमा बसेका वर्ष ६८ र वर्ष ७० का दुई पुरुषको मृत्यु भएको छ ।
दुवै जनाको अक्सिजनको अभावमा मृत्यु भएको हुन सक्ने गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्रकुमार सेनले बताए । होम आइसोलेसनमा बसेकालाई स्याहार र पोसिलो आहाराको कमी देखिएको समेत उनले जानकारी गराए ।
जिल्लामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३६ पुगेको छ भने जिल्लाभित्र ३२ र बाहिर चार जनाको मृत्यु भएको छ ।