भूवन केसी अभिनित ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, ओएसआर डिजिटल नामक युटुब च्यानलबाट चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक गरिएको हो ।

उक्त चलचित्रलाई डेढ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् भने देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुषालको छ ।

यो चलचित्रमा नायक भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको साथमा नयाँ कलाकारहरु साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको छ ।

प्रकाशित : 22 May, 2021

प्रतिक्रिया दिनुहोस्