गायिका श्रेया घोषाल आमा बनिन्
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ ९, नेपाली फिल्म ‘धड्कन’को ‘नाच्छ यो मन’ सहित ‘छाएछ वसन्त’, ‘सयौं काँडा’, ‘तिमी आयौ’ लगायत थुप्रै गीत गाएकी ३७ बर्षीया भारतीय गायिका श्रेया घोषाल शनिबार छोराको आमा बनेकी छन् ।
घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन् । श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ । अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन ।’ घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।