न्युजिल्याण्ड र अस्ट्रेलियाबाट नेपाललाई सहयोगको घोषणा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ ९, अस्ट्रेलियाकी विदेशमन्त्री मार्सी पाइन र न्युजिल्याण्डकी विदेश मन्त्री नानिया माहुताले सामाजिक सञ्जालमार्फत् नेपाललाई कोरोना महामारी विरूद्ध लड्न सहयोग गर्ने कुरा जानकारी दिएका हुन् ।
वक्तव्यमा अस्ट्रेलियाले नेपाललाई ७ मिलियन अस्ट्रेलियन डलर अर्थात नेपाली रुपैयाँ झण्ड ६३ करोड रुपैया बराबरको सहयोग गर्ने भनिएको छ। उक्त वक्तव्यमा नेपाललगायत बंगलादेश र श्रीलंकालाई पनि सहयोग घोषणा गरिएको छ भने नेपाललाई युनिसेफ लगायतका अन्तराष्ट्रिय र राष्ट्रिय सस्थाहरुमार्फत सहयोग पुर्याउने उल्लेख छ ।
त्यस्तै न्युजिल्याण्डकी विदेशमन्त्री नानिया माहुताले पनि आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत सहयोगको घोषणा गरेकी छिन् । उनले भनेकी छिन, ‘यो महामारीविरूद्ध लड्न नेपाललाई एक मिलियन न्युजिल्याण्ड डलर अर्थात झन्डै ८ करोड ४० लाख नेपाली रुपैया बराबर सहयोग दिने न्युजिल्याण्ड सरकारको निर्णय जानकारी दिन पाउँदा खुशी लागेको छ।’
अस्ट्रेलियामा यहाँको पहिलो नेपाली सस्था अस्ट्रेलियन नेपलिज एसोसियसन, अस्ट्रेलियाका सबै सामुदायिक सस्थाहरुको महासंघ (फेंका), गैर आवासीय नेपाली संघ अस्ट्रेलिया लगायतका संस्थाहरुले अस्ट्रेलियका प्रधानमन्त्रीलाई पत्रसहित अन्य मन्त्रीहरुसँग भेटेर पहल गरेका थिए । एजेन्सीको साथमा ।