गुप्तचर रिपोर्टको खुलासा : कोरोना महामारी फैलिनु अघि नै वुहान ल्याबका शोधकर्ता संक्रमित भएका थिए
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । जेठ १०, अमेरिकाको एक गुप्तचर रिपोर्टले विश्वभर कोरोना महामारी फैलनु भन्दा एक महिना अघि नै चीनको वुहान ल्याबका तीन जना शोधकर्ता संक्रमित भएको खुलासा गरेको छ ।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका तीन शोधकर्ता नोभेम्बर २०१९ मा बिरामी भएका थिए । त्यसपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।
उक्त गुप्तचर रिपोर्टमा वुहान ल्याबमा संक्रमित भएका शोधकर्ताको संख्या, उनीहरु संक्रमित भएको समय र अस्पताल भर्ना सम्बन्धी विस्तृत जानकारी उल्लेख गरिएको छ ।
वुहान ल्याबबाट कोरोना भाइरस फैलिएको भन्ने आशंकाले यो गुप्तचर रिपोर्टको यो जानकारीले थप अनुसन्धानका लागि बल पुग्ने अपेक्षा गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उत्पतिबारे अर्को चरणको अनुसधान गर्ने चर्चा चलिरहेको अवस्थामा यो खुलासा भएको हो । यसलाई महत्वका साथ हेरिएको बताइएको छ ।
चीनमाथि कोरोना भाइरसको उत्पतिबारे अनुसन्धानका लागि डब्लुएचओलाई पूर्ण सहयोग नगरेको तथा वुहान ल्याबसँग सम्बन्धित जानकारी लुकाएको आरोप पनि लाग्दै आएको छ ।
बीबीसीको सहयोगमा