सार्वजनिक स्थानहरूमा स्थापना गरिएको चार्जरहरू प्रयोग गर्दा ह्याकरहरुबाट कसरी बच्ने?

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, फोनको ब्याट्री सकिदा हतारमा मानिसहरूले सार्वजनिक स्थानहरूमा स्थापना गरिएको चार्जरहरू प्रयोग गर्छन् । जसले गर्दा ह्याकर्सले तपाईंको मोबाइल डाटा यी चार्जर केबलको माध्यमबाट चुहावट गर्न सक्दछ।

आउनुहोस् ह्याकरहरूले यस मार्फत कसरी तपाईंको फोनमा प्रवेश गर्न सक्दछन् भनेर चर्चा गरौं ।

ह्याकर्सले यसरी गर्छन् शिकार
तपाईले विभिन्न सार्वजनिक स्थानहरूमा चार्जिंग प्वाइन्टहरू भेट्नुहुनेछ। ह्याकरहरूले शिकार बनाउनको लागि यस्तै चार्ज गर्ने बिन्दुहरू खोज्दछन् जहाँ धेरै व्यक्तिहरूले फोन चार्ज गर्छन्। यदि तपाईं यी चार्जिंग पोइन्टमा राखिएका यूएसबीबाट आफ्नो फोन चार्ज गर्नुहुन्छ भने, त्यसमा अवस्थित ब्याक एप्सको लगइन, फेसबुक, व्हाट्सएप, ट्विटर, जीमेल सहित युपीआई एपको पासवर्ड र डाटामा ह्याकरहरूले पहुँच पाउन सक्नछन्। यस्तो युएसबीले तपाईको फोनको सबै डाटा प्रतिलिपि गर्दछ, त्यसपछि ह्याकरहरूले तपाईंको बैंक एकाउन्ट चोरी गर्न सक्दछन्।

मालवेयर इन्स्टल हुने
ह्याकरहरूले तपाईको फोनमा भाइरस त्यस्तो यूएसबीको सहायताले इन्स्टल गर्छन् जसले फोनलाई चार्ज गर्दछ, डाटा पनि कपी गर्न सक्नेछ। ह्याकर्सले यसलाई आफ्नो आवश्यकता अनुसार कति लामो समयसम्म डाटा डाटा चोर्नु पर्छ त्यसअनुसार मालवेयर पठाउने गर्छन् ।

कसरी सुरक्षा गर्ने
त्यस्ता ह्याकरहरूको लक्ष्य बन्नबाट जोगिन, सँधै पावर बैंक आफ्नै साथमा बोकेर हिँड्नुहोस् वा आफ्नै डाटा केबल प्रयोग गर्नुहोस्। आपतकालिन अवस्थामा यदि तपाईले सार्वजनिक स्थानमा फोन चार्ज गर्नुपर्‍यो भने मोबाइल फोनलाई अफ गर्नुहोस् र आफ्नै केबलबाट चार्ज गर्नुहोस्। एजेन्सीहरुको साथमा ।

प्रकाशित : 24 May, 2021

प्रतिक्रिया दिनुहोस्