बाघसँग लडेर बाँचे ७४ वर्षका लालबहादुर

बर्दिया । जेठ १४, जिल्लाको मुधवन नगरपालिका ईन्द्रपुरका ७४ वर्षीय लाल बहादुर थारुले गत बुधबार दिउँसो मुधवनमा पाटेबाघसँग लडेर एक वृद्धले आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थारुलाई बुधबार दिउँसो नगरपालिकाको वडा नम्बर १ मा रहेको औराही सामुदायिक बनमा बाख्रा चराउन गएको बेला बाघले आक्रमण गरेको थियो ।
बाघले आक्रमण गरेपछि थारुले आफुसँग रहेको खुर्पाले बाघलाई प्रहार गरेको बर्दिया प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।
घाइते भएका थारुको बर्दिया अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।