ओस्कार–२०२२ समारोह एक महिना पछि सर्‍यो

सहयात्रा टिभी

काठमाडौं । जेठ १४, ओस्कार अवार्डको आयोजक ‘एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज’ (एएमपीएएस) ले २०२२ मा हुने समारोहलाई एक महिना पछाडि सारेको जनाएको छ ।

यसअघि २७ फेब्रुअरी २०२२ मा अवार्डको तय भएको मिति, एएमपिएएसले एक विज्ञप्ति जारी गर्दै २७ मार्च २०२२ मा समारोह आयोजना गर्ने घोषणा गरेको बताएको छ ।

त्यस्तै हलमा रिलिज हुने तय भएपनि कोरोना भाइरसका कारण अनलाइनमार्फत नै रिलिज भएका धेरै फिल्महरु यसपटक पनि पुरस्कारको दौडमा रहने देखिएको छ । ९३ औं ओस्कार अवार्ड भने भर्खरै मात्र आयोजना भएको थियो भने २५ अप्रिलमा आयोजित यस समारोहमा नोम्याड ल्यान्डले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो ।

यही फिल्मकी चिनियाँ निर्देशक क्लोई झाओले उत्कृष्ट निर्देशक र फ्रान्सेस म्याकर्डोम्यान्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका थिए । अभिनेता एनथोनी हपकिन्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यी ब्रिटिश अभिनेताले ‘द फादर’ फिल्मका लागि यो अवार्ड जितेका थिए । एजेन्सीको साथमा ।

प्रकाशित : 28 May, 2021

प्रतिक्रिया दिनुहोस्