मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित पराजित

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित पराजित भएको छ ।

शनिबार राति इराकको बसरास्थित अल्फायहा खेल मैदानमा सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो ।

त्यस्तै मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो भने मध्यान्तर पछिको खेलमा इराकले थप दुई गोल गरेको थियो ।

इराकका लागि खेलको सातौँ मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गरेका थिए ।

खासिनले प्रहार गरेको फ्रिकिकको नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउ गर्न सक्नुभएन् । लगत्तै इराकी खेलाडीले आफ्नै गोलपोष्टमा आत्मघाती गोल गरे ।

खेलको आठौँ मिनेटमा इराकका अहमद इब्राहिमले आत्मघाती गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याउनुभयो । त्यसपछिको २२ मिनेटसम्म दुवै पक्षबाट गोल हुन सकेन ।

खेलको ३०औँ मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरे । अग्रतालाई कायमै राख्न सकेको भए नेपालले फुटबलमा निकै बलियो मानिएको इराकलाई उसकै घरेलु मैदानमा पराजित गर्ने इतिहास नै बनाउँथ्यो ।

पहिलो हाफको अन्तिम समयमा इराकी खेलाडीले थप तीन गोल गर्दै नेपाली फुटबल प्रेमीलाई निराश पारे । खेलको ३५औँ मिनेटमा इराकी खेलाडी मोहम्मद अब्दुल जारा ओबेदले दोस्रो गोल गरे ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 30 May, 2021

प्रतिक्रिया दिनुहोस्