बेलायती प्रधानमन्त्रीको आफुभन्दा २४ वर्ष कम उमेरकी प्रेमिकासगँ तेस्रो बिबाह
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ १६, ५६ बर्षको उमेरमा बेलायती प्रधानमन्त्री जोनसोनले ३२ बर्षे प्रेमिकासगँ तेस्रो बिबाह गरेका छन् ।
बेलायती राजनीतिको दुई सय ५० बर्षको ईतिहासमा पहिलो पटक कुनै पनि राजनेताले सत्तामा हुदाँ बिहे गरेको यो संभवत पहिलो अवसर हो ।
जोनसोनले अघिल्लो वर्ष ईन्गेजमेन्ट गरेका थिए तर उनीहरुको बिबाह गर्नु अघि नै एक सन्तान जन्मिसकेको छ ।
उनले पहिलो पटक सन् १९८७ मा बिबाह गरेका थिए जुन १९९३ मा टुट्यो । त्यस पछि त्यसै बर्ष भारतीय मुलकी मारिना ह्वीलरसगँ दोस्रो बिबाह गरे उनीसगँ चार वटा सन्तान भयो । पछि उनीसगँ पनि जोनसनको सम्बन्ध बिच्छेद भए पछि अहिले साईमन्डससगँ बस्दै आएका थिए । एजेन्सीको साथमा ।